स्वस्तिमा र साम्राज्ञीलाई विवादमा पार्दा पछुतो देखिएन ओसिनमा, धमलाको समर्थनले उल्टो मक्ख

स्वस्तिमा र साम्राज्ञीलाई विवादमा पार्दा पछुतो देखिएन ओसिनमा, धमलाको समर्थनले उल्टो मक्ख

काठमाडौँ : गत साता आलोचनाको केन्द्रमा रहे अभिनेत्री स्वस्तिमा खड्का अनि साम्राज्ञी शाह। कारण कान्तिपुर टेलिभिजनको शो इट्स माई शो। सञ्चालिका ओसिन सिटौला।

प्रश्नको उत्तर दिन नसके कपडा खोल्दै जानुपर्ने जस्तो बकवास अप्सनसहित चलाएको पहिलो शोको अर्काको वैयक्तिक जीवनसँग जोडिएको प्रश्न अनि होसै नगरी जोकका रूपमा फलानोको प्रेमिका यो-यो, प्रेमी यो-यो भनेर बोल्दा ओसिनको ट्र्यापमा परे स्वस्तिमा र साम्राज्ञी।

उनीहरूलाई गल्तीको महसुस भयो। अभिनेत्री जसितासँग माफी मागे। २३ वर्षदेखि विवादरहित चलाएको कार्यक्रम अर्को होस्ट आएसँगै वाहियात कन्टेन्टका कारण विवादित भएपछि पुरानो सञ्चालक सुरजसिंह ठकुरीले २३ वर्षको मिहेनतले बनेको ब्रान्ड ध्वस्त भएको बताए।

तर कान्तिपुर टेलिभिजन अनि सञ्चालिका ओसिन सिटौलालाई यसबारे केही अनुभवै भएको रहिनछ। उनीहरूले यो बिचमा न माफी मागे, न त सामाजिक सञ्जालमा राखेको भिडियोबाट विवादित प्रसङ्ग नै हटाए।

शनिवार ओसिनको दोस्रो एपिसोड प्रसारण भयो। ऋषि धमलालाई पत्रकारिताको लेजेन्ड भन्दै फुर्काएकी ओसिनको अर्को गेस्ट नेतृ रामकुमारी झाँक्री। कार्यक्रम अवधिभर ओसिनले गत साताको कार्यक्रमबाट निम्तिएको बबन्डरबारे एक शब्द बोलिनन्।

ऋषि धमलाले आफ्नै पारामा'काम गर्दा विवाद हुन्छ। नेपाली समाज यस्तै छ' भन्दै हावा तर्क गरे। क्षमता अनुसारको गुदी न हो।

असार १५, २०८१ आइतबार ००:२६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।