अझै केही दिन मनसुन सक्रिय हुने, काठमाडौंमा आइतबार मध्यम वर्षाको सम्भावना

अझै केही दिन मनसुन सक्रिय हुने, काठमाडौंमा आइतबार मध्यम वर्षाको सम्भावना

काठमाडौं : अझै केही दिन मनसुन थप सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी पूर्व र मध्य क्षेत्रमा मनसुन थप सक्रिय हुने महाशाखाको अनुमान छ। 

महाशाखाका अनुसार पानी पार्ने मनसुन प्रणाली सक्रिय हुँदा वर्षाको सम्भावना बढी हुन्छ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने, 'अझै सक्रिय हुने सम्भावना छ। दुई/तीन दिन मनसुन अझै सक्रिय हुने देखिन्छ।'  

त्यस्तै, आइतबार काठमाडौंसहित गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  

असार १४, २०८१ शनिबार २२:०७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।