शारीरिक अपाङ्गता भएकी युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार, आरोपित २ वर्षपछि पक्राउ

शारीरिक अपाङ्गता भएकी युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार, आरोपित २ वर्षपछि पक्राउ

काठमाडौं : संखुवासभामा विवाह गर्ने प्रलोभन देखाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।

मकालु गाउँपालिका-५ मांसिमाका ३१ वर्षीय लीलाबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। 

उनका अनुसार आरोपित गुरुङलाई २ वर्षपछि पक्राउ गरिएको हो। 

गुरुङमाथि ०७९ चैतमा शारीरिक अपाङ्गता भएकी एक युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर बलात्कार गरी फरार भएको आरोप छ। 

पीडित युवतीको उजुरीपछि गुरुङलाई इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभाको संयुक्त टोलीले सुनसरीको धरानबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।  

असार १४, २०८१ शनिबार १५:४०:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।