बुटवलको दुबौलीमा रोपाई महोत्सव (फोटोफिचर)

बुटवलको दुबौलीमा रोपाई महोत्सव (फोटोफिचर)
तस्वीर : बिकाश पराजुली/उकेरा

बुटवल : असार १५ अर्थात् धान दिवसको उपलक्ष्यमा बुटवलको दुबौलीमा रोपाई महोत्सव गरिएको छ। 

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवि अर्यालको उपस्थितिमा महोत्सव भएको हो। 

देशैभर राष्ट्रिय धान दिवस आज खेतका गराभरी धान रोपेर मनाइँदैछ। सरकारले आज उत्सवको रूपमा विशेष कार्यक्रमको आयोजना गरी २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदैछ।

२०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस नेपालमा मनाउन थालिएको हो। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै हिलोमा धान रोपिन्छ। 

असार १४, २०८१ शनिबार १४:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।