लद्दाखमा बाढी बगाएर पाँच भारतीय सेनाको मृत्यु

लद्दाखमा बाढी बगाएर पाँच भारतीय सेनाको मृत्यु

एजेन्सी : लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै आएको बाढीमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ। सेना अधिकारीका अनुसार यो दुर्घटना लद्दाख नजिकैको दौलत बेग ओल्डी क्षेत्रमा भएको हो।

रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन्। उनले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘हाम्रा बहादुर सिपाहीहरूले देशका लागि गरेको अनुकरणीय सेवालाई हामी कहिल्यै बिर्सने छैनौँ। यस दु:खद् घडीमा ती सैनिकहरूका परिवारसँग उभिने छौँ।’

शुक्रबार ट्याङ्कसँग अभ्यास गर्ने क्रममा नदी तर्दा सैनिकहरूलाई बगाएको हो। सो समय नदीमा पानीको सतह एक्कासी बढेको छ। दुर्घटना हुँदा ट्याङ्कमा पाँच जना सैनिक सवार थिए। जसमा एक जेसीओ र चार सैनिक थिए।

लेहका डिफेन्स पीआरओका अनुसार २८ जुन २०२४ को रातमा सैन्य प्रशिक्षण गतिविधिको क्रममा पूर्वी लद्दाखको सासेर ब्राङ्सा नजिकै श्योक नदीमा सेनाको ट्याङ्क फसेको थियो।

‘अचानक बाढीका कारण यो ट्याङ्क अड्कियो। उद्धार टोली तुरुन्तै घटनास्थलमा पुग्यो। पानीको सतह तीव्र गतिमा बढेका कारण उद्धार टोलीले आफ्नो काममा सफल हुन सकेन र ट्याङ्क चालक दलका सबै सदस्यले ज्यान गुमाए।’

असार १४, २०८१ शनिबार १४:०३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।