बुद्ध एयरले थप्यो नयाँ जहाज

बुद्ध एयरले थप्यो नयाँ जहाज

काठमाडौं : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औं एटीआर-७२ जहाज थप गरेको छ। योसँगै बुद्ध एयरसँग एटीआर-७२ विमानको संख्या १५ पुगेको छ।

कम्पनीले कल साइन नाइन एन-एएनजेड विमान फ्रान्सबाट ल्याएको जनाएको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगामी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताएका छन्।

उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडान थप गरिने भएको छ। बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर-७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन्।

हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरुप बुद्ध एयरले आफ्नो बेडमा नयाँ जहाज थप गरेको हो।

जोशीले सहज भाडादर कायम गरी उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने विश्वास व्यक्त गरेका छन्।

बुद्ध एयरले अहिले आन्तरिकतर्फ १ सय ५० भन्दा बढी उडान भरिरहेको छ। अन्तर्राष्ट्रियतर्फ काठमाडौंबाट भारतको वाराणसीका लागि उडान भर्दै आएको छ।

असार १४, २०८१ शनिबार १२:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।