शितल निवासमै राेपाइँ : राष्ट्रपति बाउसे, प्रथम महिला रोपार

शितल निवासमै राेपाइँ : राष्ट्रपति बाउसे, प्रथम महिला रोपार

काठमाडौं : असार १५ अर्थात् धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ।

राष्ट्रपति कार्यालयद्वारा  आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेललगायत सहभागी थिए।

राष्ट्रपति पौडेलले बाउसे गरेका थिए भने प्रथम महिला सबिताले धान रोपेकी थिइन्।

रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषि पेशा, श्रमको सम्मानको संस्कृति र धान उत्पादनलाई प्रोत्साहन दिन प्रतिकात्मक रुपमा रोपाइँमा सहभागी भएको बताए।

उनले भने, ‘धानको उत्पादन, कृषि पेशा र श्रमको सम्मानको संस्कृतिलाई प्रोत्साहन दिन प्रतिकात्मक रूपमा रोपाइँमा सहभागी भएको हुँ।’

रोपाइँपछि दही चिउरा खाने कार्यक्रम पनि आयोजना गरिएको थियो।

असार १४, २०८१ शनिबार १०:३९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।