पहिरोले लियो ज्यान : बागलुङमा श्रीमान्-श्रीमती र स्याङ्जामा आमाछोरीको मृत्यु

पहिरोले लियो ज्यान : बागलुङमा श्रीमान्-श्रीमती र स्याङ्जामा आमाछोरीको मृत्यु
फाइल तस्बिर

काठमाडौं : बागलुङ र स्याङ्जामा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ।

शुक्रबार राति भएको वर्षाका कारण बागलुङ गलकोट नगरपालिका-८ काँडेबाँस बिसौनीका प्रेम विकको घर पहिरोमा पुरिँदा ५५ वर्षीय प्रेमसहित उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो।

पहिरोमा परि प्रेमकी बुहारी कुमारी विक र नाती शिशिर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

पहिरो शनिबार बिहान तीन बजेतिर गएको र हाल घटनास्थलमा प्रहरी पुरेर उद्दार कार्य जारी राखेको यादवले जानकारी दिए।

यस्तै, स्याङ्जामा गएरातीको पहिरोले घर बगाउँदा एकै परिवारका दुई आमाछोरीको मृत्यु भएको छ। मृत्यु हुनेमा फेदीखोला गाउँपालिका-५ दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसा जिटी छन्।

असार १४, २०८१ शनिबार १०:३१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।