रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना घाइते

रौतहटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना घाइते

रौतहट : रौतहटको जयनगर चोक नजिकमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शनिबार बिहान गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत गरुडा नगरपालिका वडा नम्बर-१ स्थित जयनगर चोकमा पौन्य आठ बजेतिर बस सडकमै पल्टिएको हो।

दुर्घटनामा आठ यात्रु घाइते भएका छन्। दुर्घटनाको खबर पाउन साथ इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।

मृत्यु हुनेमा माधवनारायण नगरपालिका वडा-३ भेल्हीकी १८ वर्षीया नेहाकुमारी गिरी रहेकी छन्।

दुर्घटनामा बसमा सवार २६ वर्षीया रन्जुदेवी दासको दाहिने हात भाँचिएको छ। दाससहित अन्य सात जना घाइतेहरूको गरुडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारि दिइन्।

उनका अुनसार गौरबाट भैरहवातर्फ जाँदै गरेको ना.७ ख ८४१४ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको थियो।

बस चालक भने फरार रहेकाले खोजी भइरहेको छ।

असार १४, २०८१ शनिबार १०:२२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।