गुल्मी पहिरो अपडेट : आठ महिनाकी बालिकासहित एकै परिवारका पाँच जनाको मृत्यु

गुल्मी पहिरो अपडेट : आठ महिनाकी बालिकासहित एकै परिवारका पाँच जनाको मृत्यु

बुटवल : गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ।

गए रातिदेखि अविरल वर्षाले जिल्लाको मालिका गाउँपालिका-६ ठाटीपोखरीमा भेषबहादुर विकको घर पुरिँदा पाँच जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष देवीराम अर्यालले पुष्टि गरे।

पहिरोमा ५५ वर्षीय घरमुली भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए।

यो पनि:- गुल्मीमा पहिरो, पाँच जना बेपत्ता

असार १४, २०८१ शनिबार ०९:२७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।