गुल्मीमा पहिरो, पाँच जना बेपत्ता

गुल्मीमा पहिरो, पाँच जना बेपत्ता

बुटवल : गुल्मीमा पहिरो जाँदा पाँच जना बेपत्ता भएका छन्।

रातिदेखि परेको अबिरल वर्षाका कारण जिल्लाको मालिका गाउँपालिका-६ अर्जै पोरिपोखरामा पहिरो जाँदा पाँच जना बेपत्ता भएका हुन्।

निवर्तमान वडाध्यक्ष शोभाखर गिरीले अहिले पहिरो स्थानमा पुग्न कठिनाई भएको बताए।

घटनाको थप विवरण आउन बाँकी छ।

असार १४, २०८१ शनिबार ०८:५७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।