टी२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै

टी२० विश्वकपको फाइनल आज, भारत र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं : आईसीसी टी-२० विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्।

खेल बेलुकी सवा ८ बजे बार्बाडोसको केन्सिङ्टन ओभल, ब्रिजटाउनमा हुनेछ।

पहिलो सेमेफाइनलमा अफगानिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनल पुगेको हो।

भारतले दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डलाई हराउँदै दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो।

यी दुई टोलीबीच हालसम्म २६ टी-२० अन्तर्राष्ट्रिय खेल खेलिएकोमा भारतले १४ वटा र दक्षिण अफ्रिकाले ११ खेल जितेको छ।

जारी विश्वकपमा भारत र दक्षिण अफ्रिका दुवै अपराजित टोली हुन्।

असार १४, २०८१ शनिबार ०८:४३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।