१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

रूपन्देही : १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मायादेवी गाउँपालिका-१ अहिरौली बस्ने २३ वर्षीय दुर्गेश चमार रहेका छन्। उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

चमारले ती किशोरीलाई आफ्नो घरमा लगी गएराति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

असार १४, २०८१ शनिबार ०७:५५:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।