एसईईमा अनुत्तीर्ण रुपन्देहीका दुई छात्राले ज्यान फाले

एसईईमा अनुत्तीर्ण रुपन्देहीका दुई छात्राले ज्यान फाले

बुटवल : एसईई अनुत्तीर्ण भएका रुपन्देहीमा दुई छात्राले ज्यान फालेका छन्।

एसईई दिएर नतिजा राम्रो नआएका भन्दै रुपन्देहीको देवदह नगरपालिका-२ ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुलका दुवै जनाले झुण्डिएर ज्यान फालेका हुन्।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार झुण्डिएर ज्यान फाल्नेमा देवदह नगरपालिका-२ की १५ वर्षीय सृष्टि गुप्ता र देवदह १ लक्ष्मीटोल वस्ने १७ वर्षीय पूजा न्यौपाने रहेका छन्।

गम्भीर अवस्थामा भेटिएका दुवैको देवदहस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

असार १४, २०८१ शनिबार ०७:१७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।