नक्कली भुटानी शरणार्थी प्रकरण : १४ महिनापछि पक्राउ परे पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक

नक्कली भुटानी शरणार्थी प्रकरण : १४ महिनापछि पक्राउ परे पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक

काठमाडौं : पूर्वगृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक पक्राउ परेका छन्। 

आज काठमाडौंको बौद्धबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले जानकारी दिए।

उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा २०८० वैशाखमै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि थापा फरार थिए। भुटानी शरणार्थी प्रकरणमा पीडितबाट थापाले रकम लिएको भन्दै जाहेरी परेको थियो। 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असुली गरेको गिरोहलाई सहयोग गरेको अभियोग उनीमाथि छ।  

असार १३, २०८१ शुक्रबार २१:२३:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।