स्टार अस्पतालमा दैनिक ३०० युनिट रगत भण्डारण गर्ने क्षमताको रक्त सञ्चार केन्द्र सञ्चालन

स्टार अस्पतालमा दैनिक ३०० युनिट रगत भण्डारण गर्ने क्षमताको रक्त सञ्चार केन्द्र सञ्चालन

काठमाडौं : स्टार अस्पतालले दैनिक करिब तीन सय युनिट रगत संकलन तथा भण्डारण गर्न सक्ने क्षमताको रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ। 

शुक्रबार ललितपुरको सानेपास्थित स्टार अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले रक्तसञ्चार केन्द्रको उद्घाटन गरे। अस्पताल व्यवस्थापनले सो रक्त सञ्चार केन्द्र २४ घण्टा खुल्ला रहने जनाएको छ। केन्द्रले यसअघि देखिनै स्वयंसेवी रक्तदाता र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँग सहकार्य गरी रक्त संकलन कार्य गर्दै आइरहेको अस्पतालले जनाएको छ। 

अस्पतालका अनुसार सो रक्त सञ्चार केन्द्रले हाल उपत्यकाका ३४ भन्दा बढी अस्पताललाई रगत तथा रगतजन्य तत्वहरू आपूर्ति गर्दै आइरहेको छ। 

स्टार अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले सरकारी नीति नियमको ढिलासुस्ती लगायतका कारण अस्पताल सञ्चालनका लागि समेत समस्यामा पर्ने गरेको बताए। 

असार १३, २०८१ शुक्रबार २१:१२:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।