कुटनीतिज्ञ बालचन्द्र शर्माको 'व्यक्तित्व र साधना' पुस्तक विमोचन

कुटनीतिज्ञ बालचन्द्र शर्माको 'व्यक्तित्व र साधना' पुस्तक विमोचन

काठमाडौं : लेखक तथा अन्वेषक घटराज भट्टराईले लेखेको ‘बालचन्द्र शर्माः व्यक्तित्व र साधना’ पुस्तक विमोचन भएको छ। शुक्रबार राजधानीमा पूर्व उपप्रधानमन्त्री ईश्वर पोख्रेल, पुस्तक प्रकाशन तथा परिमार्जन गर्ने शर्मा, काठमाडौं विश्वविद्यालय, स्कुल अफ आर्ट्स अन्तर्गत भाषा तथा आमसञ्चार विभागका एशोसियट प्रोफेशर डा. सुधांशु दाहाल लगायतले सो पुस्तक विमोचन गरेका हुन्। 

उक्त पुस्तक कल्पना कौशिक शर्मा नूरिस्सोँले प्रकाशन तथा परिमार्जन गरेकी हुन्। 

नेपाली साहित्यका विशिष्ट साधक र राजनीतिज्ञ समेत रहेका स्वर्गीय शर्मा एक क्रान्तिकारी नेता तथा राजनीतिज्ञ समेत भएको भन्दै पुस्तक विमोचन समारोहमा विभिन्न व्यक्ति तथा समालोचकहरुले चर्चा गरे। 

पुस्तकमा शर्माको जीवनी, राजनीतिक पृष्ठभूमि तथा यात्रा र केही रोचक घटनाहरू समेटिएको छ। पुस्तकमा लेखकले शर्मालाई आख्यानकार, कथाकार, सम्पादक, इतिहासकार, समालोचकका रुपमा समेत चित्रित गरेका छन्। त्यस्तै, पुस्तकमा शर्मा इतिहासकार, लेखक, समालोचक र बहुआयामिक व्यक्ति भएको चर्चा गरिएको छ। उनले गरेको शैक्षिक, कुटनीतिक तथा राजनीतिक कार्यको समेत चर्चा गरिएको छ। 

यो पुस्तकका लेखक स्वर्गीय भट्टराई पनि नेपाली साहित्यिक क्षेत्रका बहुप्रतिभाशाली समालोचक, कवि, निबन्धकार, अन्वेषक भएको कार्यक्रममा चर्चा भएको थियो। २०४४ मा पहिलो पटक प्रकाशित भएको सो पुस्तक दोस्रोपटक प्रकाशित भएको हो।

असार १३, २०८१ शुक्रबार २१:०६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।