यसपालि रासायनिक मलको अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

यसपालि रासायनिक मलको अभाव हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष पनि किसानलाई समयमै रासायनिक मल उपलब्ध हुने बताएका छन्। 

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्ष रासायनिक मलको राम्रो तयारीमा रहेको भन्दै मलको अभाव हुन नदिने बताए। 

उनले भने, ‘पोहोर साल मलको खासै अभाव भएको सुनिएन। यस वर्ष पनि हामी रासायनिक मलको राम्रो तयारीमा छौँ, मलको अभाव हुन दिइँदैन।’

चितवनका केरा किसानलाई बीमा वापतको रकम उपलब्ध गराउन सरकार गम्भीर भएर लागेको उल्लेख गर्दै प्रधानमन्त्रीले सकेसम्म चाँडो किसानका समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे। 

उनले जनताले अनुभूत गर्नेगरी परिणाम दिन सरकार क्रियाशील रहेको बताए। 

असार १३, २०८१ शुक्रबार १९:४८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।