‘द डार्क फाइल’ प्रकरण : सिधाकुराका सम्पादक, प्रकाशक र अडियो रेकर्ड गर्ने तिमिल्सिनाविरुद्ध साइबर अपराधमा मुद्दा

‘द डार्क फाइल’ प्रकरण : सिधाकुराका सम्पादक, प्रकाशक र अडियो रेकर्ड गर्ने तिमिल्सिनाविरुद्ध साइबर अपराधमा मुद्दा

काठमाडौं : सिधाकुरा डटकमको ‘द डार्क फाइल’ श्रृंखलामा प्रकाशित सामग्रीविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुद्दा दायर गरेको हो। 

बिहीबार काठमाडौं जिल्ला अदालतमा सिधाकुराका सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो रेकर्ड गरेको भन्ने राजकुमार तिमिल्सिनालाई विपक्षी बनाएर मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए। 

उनले भने, 'प्रहरी प्रतिवेदनको आधारमा बिहीबार नै मुद्दा दायर गरेका छौँ।' 

अदालतमा समेत उस्थित भएका उनीहरू तीनैजनालाई मुद्दामा फरार प्रतिवादी बनाइएको छ। सिधाकुरा डटकमले अख्तियारले आफ्नै पैसा दिएर गर्दै आएका ‘स्टिङ अप्रेसन’का मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा ‘डिल’ भएको भन्दै ‘द डार्क फाइल’ श्रृंखला प्रसारित/प्रकाशित गरेको थियो। 

उक्त अडियो सर्वोच्चमा अवहेलना मुद्दा चलाएसँगै नेपाल प्रहरीको विधिविज्ञान प्रयोशालामा परीक्षणका लागि पठाइएको थियो। प्रहरीले फरेन्सिक जाँच गर्दा अडियो ‘फेक’ भेटिएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको हो। 

असार १३, २०८१ शुक्रबार १८:४८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।