टेरामक्स प्रयोग नहुँदा वार्षिक २५ अर्बको राजश्व घोटाला भएको छ : मन्त्री बस्नेत

टेरामक्स प्रयोग नहुँदा वार्षिक २५ अर्बको राजश्व घोटाला भएको छ : मन्त्री बस्नेत

काठमाडौं : टेरामक्स प्रकरणमा मुछिएका कांग्रेस सांसद मोहनबहादुर बस्नेतले टेरामक्स प्रविधि प्रयोग नहुँदा नेपालमा वार्षिक २५ अबै रुपैयाँ राजश्व घोटाला भएको दाबी गरेका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद बस्नेतले टेरामक्स प्रविधिको प्रयोग नहुँदा वार्षिक २५ अर्बको राजश्व घोटाला भएको बताएका हुन्।

‘टेरामक्सले कल बाइपास गरेर खाने धन्दा (भीओआईपी) नियन्त्रण गर्छ,’ उनले भने, ‘संसारभर यहि विधिले कल बाइपास बन्द गरेर ठगी खाने धन्दा भाको छैन। नेपालमा कल बाइपास गरेर वर्षको २५ अर्बभन्दा बढी राजश्व घोटाला भएको छ।’

सांसद बस्नेतले प्रविधि ल्याएपछि कल बाइपास गरेर धन्दा चलाइरहेकाहरुको निन्द्रा गायब भएको भन्दै उनीहरू सम्बन्धित निकायलाई प्रभावमा पारेको समेत आरोप लगाउन भ्याए।

‘टेरामक्स विधि कल बाइपासलाई रोक्ने विधि होइन भने विधि के हो त? मैले आँट गरेर विधि सुधार गर्न खोजेको हो,’ उनले थपे, ‘वार्षिक २५ अर्ब घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलार्य प्रभावमा पार्न र विषयलाई डाइभर्ट गर्न खोज्यो होला?’

असार १३, २०८१ शुक्रबार १२:२७:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।