रामेछापमा बस खस्यो

रामेछापमा बस खस्यो

रामेछाप : रामेछापको लिखु तामाकोसी गाउँपालिका-६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट काठमाडौं आउँदै गरेको गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिए।

न्यौपानेका अनुसार बस सडकबाट तल खसेर रुखमा अडिएको छ। बसमा रहेका सबै यात्रीलाई बाहिर निकालिएको र घाइतेलाई उपचारको लागि खिम्ति प्राथमिक स्वास्थ्य  केन्द्र तथा मन्थली पठाइएको न्यौपानेले बताए।

घाइते मध्ये तीनका अवस्था गम्भीर रहेको उनले जानकारी दिए।

बसको बाँया तर्फको टायर फिलिङ गरेको माटोमा फस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते सबैलाई उपचारको लागि मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए।

असार १३, २०८१ शुक्रबार ११:५२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।