कोपामा अमेरिकामा बोलिभियामाथि उरुग्वेको ५-० को शानदार जित

कोपामा अमेरिकामा बोलिभियामाथि उरुग्वेको ५-० को शानदार जित

काठमाडौं : कोपा अमेरिकाको समूह सी अन्तर्गतको खेलमा बोलिभियामाथि उरुग्वेले शानदार जित निकालेको छ।

मेटलाइफ स्टेडियममा केहीबेरअघि सकिको खेलमा उरुग्वेले बोलिभियालाई ५-० गोल अन्तरले पराजित गर्यो।

पहिलो हाफमा २-० ले पछि परेको बोलिभियाले दोस्रो हाफमा थप तीन गोल खायो।

उरुग्वेका लागि खेलको आठौं मिनेटमा फाकुन्डो पेलिस्त्रीले पहिलो गोल गरे। त्यसपछि २१औं मिनेटमा डार्विन नुनेजले गरेको गोलले उरुग्वेलाई २-०ले अगाडि बनायो।

त्यसपछि खेलको ७७औं मिनेटमा म्याक्सिमिलियानो एराउजो, ८१औं मिनेटमा फेडेरिको भाल्भार्डे र ८९औं मिनेटमा रोड्रिगो बेन्टान्करले थप एक–एक गोल गर्दै टोलीलाई विजयी गराए।

जितसँगै उरुग्वे दुई खेलमा ६ अंकसहित समूह सीको शीर्ष स्थानमा छ। पराजित बोलिभिया पुच्छारमा हुँदा अमेरिका र पनामा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।

असार १३, २०८१ शुक्रबार ०८:५५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।