कोपा अमेरिका : कार्डको वर्षा भएको खेलमा पनामाले अमेरिकालाई हरायो

कोपा अमेरिका : कार्डको वर्षा भएको खेलमा पनामाले अमेरिकालाई हरायो

काठमाडौं : कोपा अमेरिकामा आयोजक अमेरिका पनामासँग पराजित भएको छ।

आज बिहान भएको तनावपूर्ण खेलमा अमेरिका पनामासँग २-१ ले पराजित हुन पुग्यो।

खेलको १७औँ मिनेटमा पनामाका खेलाडीलाई मैदानमै हातले हानेका अमेरिकाका टीम वेह रेडकार्ड खाँदै बाहिरिएपछि अमेरिका १० खेलाडीमा सीमित बन्यो।

त्यसको ५ मिनेटमा अमेरिकाले गोल गर्दै अग्रता बनायो। तर, ३ मिनेटमै पनामाले बराबरी गोल फर्कायो।

खेलको ८२औं मिनेटमा पनामाका जोसे फाजार्डोले खेलको निर्णायक गोल गरे।

८८औं मिनेटमा पनामाका अलबर्ट्रो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएर पनामा पनि १० खेलाडीमा सीमित बन्यो। तर त्यसले नतिजामा कुनै परिवर्तन गरेन।

तनाव पूर्ण खेलमा पाँच पहेलो र २ रेड कार्ड दिइएको थियो।

हारपछि अमेरिकाको २ खेलमा ३ अंक भएको छ। क्वार्टरफाइनलमा प्रवेशका लागि अमेरिकाले उरुग्वेलाई पराजित गर्नु पर्नेछ।

असार १३, २०८१ शुक्रबार ०८:०३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।