सेमिफाइनल जित्न इंग्ल्याण्डलाई भारतको एक सय ७२ रनको चुनौती

सेमिफाइनल जित्न इंग्ल्याण्डलाई भारतको एक सय ७२ रनको चुनौती

काठमाडौँ :  टी-२० वर्ल्डकपको सेमिफाइनलमा भारतले  इंग्ल्याण्डलाई १७२ रनको चुनौती दिएको छ। पानीका कारण पटक-पटक रोकिएको खेलमा भारतले सात विकेट गुमाएर १७२ रनको चुनौती दिएको हो।

पानीका कारण ढिला खेल सुरु भएको थियो भने आठ ओभरमा पुगेर केही समय खेल रोकिएको थियो। भारतले ब्याटिङ गर्दै आठ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएपछि पुन पानी ओइरिएको थियो।

रोहित शर्मा र विराट कोहलीले ओपनिङ गरेको खेलमा नौ बलमा नौ रन बनाएर कोहली बोल्ड आउट भएका थिए। एक छक्का हानेका उनी सम्हालिनु अगाडि नै आउट भए। ऋषभ पन्त ६ बलमा ४ रन बनाएर क्याच आउट भए।

रोहित शर्मा ३९ बलमा ५७ रन बनाएर आउट भए। रोहित आउट भएपछि हार्दिक पाण्ड्या आए। सूर्यकुमार यादवले ३६ बलमा ४७ रन बनाएर आउट भए। पाण्ड्या १३ बलमा २३ रन बनाएर आउट भए।

रवीन्द्र जडेजा र शिवम् दुबे क्रिजमा थिए। दुबे पहिलो बलमै आउट भए। अक्षर पटेल ६ बलमा १० रन बनाएर आउट भए। अन्तिम बल बाँकी हुँदा अर्शदिप सिंह आएर एक बलमा एक रन बनाएर इंग्ल्यान्डलाई जितका लागी १ सय ७२ को चुनौती बनाए।
भारतको सात विकेटमा क्रिस जोर्डन एक्लैले तीन विकेट लिए।

पहिलो सेमिफाइनलमा साउथ अफ्रिकाले अफगानिस्तानलाई हराएर फाइनलमा पुगिसकेको छ। 

असार १३, २०८१ शुक्रबार ००:३२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।