भारत र इंग्ल्याण्डबीचको रोकिएको सेमिफाइनल खेल सुरु

भारत र इंग्ल्याण्डबीचको रोकिएको सेमिफाइनल खेल सुरु

काठमाडौँ :  पानी पर्दा रोकिएको टी-२० वर्ल्डकपको इंग्ल्याण्ड र भारतबीचको सेमिफाइनल खेल सुरु भएको छ।
पानीका कारण ढिला खेल सुरु भएको थियो। भारतले ब्याटिङ गर्दै आठ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएपछि पुन पानी ओइरिएको थियो।

विराट कोहली नौ बलमा नौ रन बनाएर बोल्ड आउट भएका थिए। उनी रोहित शर्मासँगै ओपनर ब्याट्सम्यानको रूपमा मैदानमा उत्रिएका थिए। एक छक्का हानेका उनी सम्हालिनु अगाडि नै आउट भए। ऋषभ पन्त ६ बलमा ४ रन बनाएर क्याच आउट भए।

रोहित शर्मा २६ बलमा ३७ रन बनाएर क्रिजमा छन्। सूर्यकुमार यादवले सात बलमा १३ रन बनाएका छन्।

पहिलो सेमिफाइनलमा साउथ अफ्रिकाले अफगानिस्तानलाई हराएर फाइनलमा पुगिसकेको छ। 

असार १२, २०८१ बिहीबार २३:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।