श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको ज्यान गयो

श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको ज्यान गयो

काठमाडौं :  कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ।

 महाराजगन्ज नगरपालिका–३ गनवरियाको सडकमा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लड्दा ४० वर्षीय किसलावती ठाकुर गम्भीर घाइते भएकी थिइन्। त्यसपछि उनलाई जिल्ला अस्पताल तौलिहवामा उपचारको लागि लगिएकोमा बुधबार साँझ मृत्यु भएको हो।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ। 

असार १२, २०८१ बिहीबार २१:१३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।