एसईई परीक्षामा रुपन्देहीका २ जना विद्यार्थीले ल्याए ४ जिपिए

एसईई परीक्षामा रुपन्देहीका २ जना विद्यार्थीले ल्याए ४ जिपिए

बुटवल : राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा रुपन्देहीका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन्।

रुपन्देहीको सैनामैनास्थित रामापुर माविका कृतिम भट्टराई र बुटवलको न्यू होराइजन स्कूलका प्रवेश खनालले एसईईको नतिजामा ४ जीपीए  ल्याएका हुन।

कृतिमले रामापुर माविमा कक्षा ९ देखि पढेका थिए। 

यता, पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ दागिल स्थायी घर भएका प्रवेशले बुटवलमा रहेर कक्षा २ देखि न्यू होराइजन पढेका थिए। 

आज सार्वजनिक भएको नतिजा अनुसार लुम्बिनी प्रदेशको नतिजा समेत निकै कमजोर आएको छ। ८० हजार ३ सय २७ विद्यार्थीले परीक्षामा सहभागी भएकोमा ४९ हजार २ सय २४ विद्यार्थी कक्षा ११ अध्ययनमा अयोग्य भए।

असार १२, २०८१ बिहीबार १७:५८:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।