कक्षा १० को नतिजामा सुदूरपश्चिम सबैभन्दा कमजोर, बागमतीको प्रदर्शन राम्रो

कक्षा १० को नतिजामा सुदूरपश्चिम सबैभन्दा कमजोर, बागमतीको प्रदर्शन राम्रो

काठमाडौँ : कक्षा १० को परीक्षामा सुदूरपश्चिमको नतिजा सबैभन्दा कमजोर देखिएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार एसइइमा सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ४ सय ४६ जना सहभागी भएकोमा ६८ दशमलव १२ प्रतिशतको कक्षा ११ पढ्न अयोग्य भएका छन्। सुदूरपश्चिमको उत्तीर्ण प्रतिशत ३१.८७ प्रतिशत मात्रै छ।

बागमती प्रदेशबाट परीक्षामा सहभागी भएका ६६ प्रतिशत विद्यार्थी कक्षा ११ अध्ययनमा योग्य भएका छन्। उता लुम्बिनी प्रदेशको नतिजा समेत निकै कमजोर आय। ८० हजार ३ सय २७ विद्यार्थीले परीक्षामा सहभागी भएकोमा ४९ हजार २ सय २४ विद्यार्थी कक्षा ११ अध्ययनमा अयोग्य भए।

सुदूरपश्चिम प्रदेशमा ३१ दशमलव ८७ प्रतिशत कक्षा ११ मा अध्ययन गर्न योग्य भए। कर्णालीमा कक्षा ११ पढ्न योग्य प्रतिशत ४२ हुँदा गण्डकीमा ५०, मधेस र कोशी प्रदेशमा ४७ र ४६ प्रतिशत विद्यार्थी ११ पढ्न योग्य भए।

यस पटकबाट सैद्धान्तिक र प्रयोगात्मकमा अलग\अलग ३५ प्रतिशत नल्याए कक्षा ११ अध्ययन गर्न अयोग्य हुने प्रणाली अपनाइएको थियो। २७ भन्दा कम नम्बर आउनेहरु अयोग्य सूचीमा परे।  दुई विषयमा अयोग्य भएकाहरुले भने मौका परीक्षा दिन पाउँछन्। मौका परीक्षा साउन १८ र १९ गते तोकिएको छ।

असार १२, २०८१ बिहीबार १७:४४:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।