महामन्त्रीको पक्षमा उभिए मनिष, ढकालमाथि कारबाही नगर्ने दाबी

महामन्त्रीको पक्षमा उभिए मनिष, ढकालमाथि कारबाही नगर्ने दाबी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही नहुने बताएका छन्।

बुधबार गएको उपनिर्वाचनपछि समीक्षा यात्रामा देश-दौडाहा गरेका महामन्त्री ढकालले पार्टीको वर्तमान अवस्थाबारे एक प्रतिवेदन तयार पार्दै रास्वपाको जनमत निकै खस्किएको विश्लेषण गरेका थिए। सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएपछि आफूमाथि कारबाही हुनसक्ने ढकाल आफैंले बताएका थिए। तर, पार्टीको सह-प्रवक्तासमेत रहेका झाले त्यो गलत भएको जिकिर गरे। 

सांसद झाले पार्टीमा बहस स्वभाविक भए हुने बताउँदै कारबाही नहुने उल्लेख गरे।

उनले भने, ‘म राष्ट्रिय स्वतन्त्र पार्टीको सह-प्रवक्ता र पदाधिकारी हु। दलभित्र पुनरावलोकन, पुनर्विचार र पुनर्निर्माणको बहस लोकतान्त्रिक अभ्यास हो। यसलाई सहज र स्वाभाविक राजनीतिक प्रक्रियाको रूपमा लिएको छौ।’

प्रतिवेदनमा महामन्त्री ढकालले पार्टी अघि बढ्नै नसक्ने अवस्थामा पुगेको र यदि यस्तै अवस्था रहे अर्को चुनावसम्म राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने गरी उल्लेख गरेका छन्। रास्वपा यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने उनको प्रतिवेदनमा उल्लेख छ। 

असार १२, २०८१ बिहीबार १६:५१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।