'एमसीसी र बीआरआईबीचको फरक के हो?'

'एमसीसी र बीआरआईबीचको फरक के हो?'

काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बीआरआई र एमसीसी परियोजना बीचको फरक स्पष्ट गर्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले बीआरआईलाई स्वीकार गरियो भने नेपाल ऋणमा डुब्छ भन्ने भाष्य केही नेताहरूले स्थापित गर्न खोजेको भन्दै त्यसको विरोध गरे।

अमेरिकाले नेपाललाई चीन विरोधी अखडा बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको भनाइ छ। 

उनले नेपालमा बीआरआई परियोजनाको विरोध गरेर एमसीसी परियोजनालाई बलियो बनाउन लागिएको भन्दै त्यस कुराप्रति नेपाली जनता सजग हुनुपर्ने जिकिर गरे।

उनले भने 'एमसीसी भनेको नेपाललाई इण्डोप्यासिफिक रणनीतिभित्र सामेल गरेको होइन? अमेरिकाले चीनसँगको प्रतिस्पर्धामा नेपाललाई उपयोग गर्नका लागि एमसीसी बोकाएको होइन? यो कुरा बुझ्दैनौँ हामीले?' 

अमेरिकाले चिन बिरोधी अखडा नेपाललाई बनाउनका लागि एमसीसी परियोजना ल्याएको उनको भनाई छ। उनले बीआरआई परियोजना र एमसीसी परियोजनालाई एकै ठाउँमा राखेर तुलना गर्नु नहुने बताए। 

'एमसीसी र बीआरआईबीचको अन्तर के हो? त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ। बीआरआईको पैसाले हो २४ खर्ब नेपालीले ऋण लागेको टाउकोमा? यसमा स्पष्ट पार्नुपर्छ। बीआरआईको माध्यमबाट नेपालमा जसरी चीन आउन खोजेको छ, एमसीसी र बीआरआईलाई एउटै काँटामा राखेर नेपाली जनतालाई अल्मल्याउन पाइँदैन,' उनले भने। 

असार १२, २०८१ बिहीबार १५:११:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।