कोदालो हानेर भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

कोदालो हानेर भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

महोत्तरी : महोत्तरीको औरही नगरपालिकामा भाउजुको हत्या आरोपमा देवर पक्राउ परेका छन्।

आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको आरोपमा प्रहरीले औरही नगरपालिका-४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको हो।

घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

असार १२, २०८१ बिहीबार १३:४९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।