प्रभु बैंक र मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

प्रभु बैंक र मुस्ताङका विभिन्न होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

काठमाडौं : प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गलाई मुस्ताङमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ।

छुट्टाछुट्टै कार्यक्रमका बीच सम्पन्न सम्झौतामा विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैंकका तर्फबाट जोमसोम क्लष्टर प्रमुख नरेन्द्र थकाली सहित विभिन्न शाखाका शाखा प्रमुखहरूद्वारा हस्ताक्षर भएको बैंकले जनाएको छ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

नेपालको गण्डकी प्रदेशमा रहेको मुस्ताङ जिल्लामा मुक्तिनाथ, कागवेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवं जोमसोम, मार्फा, ढुम्बाताल, लेते र लोमान्थाङ जस्ता प्राकृतिक सुन्दरता छ।

विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमालपारि को ईतिहास बोकेको एक रमणिय, धार्मिक र अलौकिक जिल्लाका रुपमा पनि मुस्ताङलाई अन्नपूर्ण पदयात्रा, थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रूपमा पनि लिन सकिन्छ।

मुस्ताङको मुक्तिनाको होटल डि पुरङ, युरिका इन र ग्रान्ड सम्बला, जोमसोमको होटल सनराइज, लोमान्थाङको होटल मण्डला र होटल त्रिवाटिका, टुकुचेको इको हिल रिसोर्ट, सरङ्गको होटल लुम्बिनी एण्ड रेस्टुरेन्ट, लेतेको सी यु लज एण्ड रेस्टुरेन्ट र मार्फाको मार्फ अर्किड होटेलमा बैंकले सम्झौता गरेको छ।

असार १२, २०८१ बिहीबार ०९:२१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।