नेपाल टेलिकमबाट एसईईको नतिजा सुन्न र हेर्न सकिने

नेपाल टेलिकमबाट एसईईको नतिजा सुन्न र हेर्न सकिने

काठमाडौं : नेपाल टेलिकमले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा थाहा पाउनका लागि विभिन्न सेवा सञ्चालनमा ल्याएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमी भक्तपुरबाट प्रकाशित हुने २०८० सालको एसईई परीक्षाको नतिजा विभिन्न तरिकाबाट थाहा पाउन सकिने टेलिकमले एक विज्ञप्तिमार्फत जानकारी गराएको हो।

टेलिकमका अनुसार ल्यान्डलाइन वा मोबाइल फोनबाट सिधै १६०० डायल गरी प्राप्त निर्देशन अनुसार गरेमा नतिजा थाहा पाउन सकिनेछ।

त्यसैगरी मोबाइलको म्यासेज बक्समा अंग्रेजी अल्फाबेट एसईई लेखेर खाली ठाउँ छोडी सिम्बल नम्बर टाइप गरी १६०० मा सन्देश पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ।

नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np  मार्फत मार्कसिट सहितको नतिजा हेर्न सकिने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए।

उनका अनुसार नतिजा प्रकाशित भएको केही समयपछि यो सुविधा प्रयोग गर्न सकिन्छ। एसईईको परीक्षा असार दोस्रो साताभित्रै प्रकाशन गर्ने परीक्षा बोर्डको तयारी छ।

असार १२, २०८१ बिहीबार ०९:०७:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।