टिभिएस् एन्टर्कले मिस युनिभर्स नेपाल २०२४ को प्रायोजन गर्ने

टिभिएस् एन्टर्कले मिस युनिभर्स नेपाल २०२४ को प्रायोजन गर्ने

काठमाडौं : मिस युनिभर्स नेपाल २०२४ को आधिकारिक टु व्हीलर प्रायोजकको रुपमा टिभिएस एन्टर्क भित्रिएको छ।

यस वर्षको मिस युनिभर्स नेपालको आवेदन खुल्ला भइसकेको छ भने ग्रान्ड फिनाले भाद्रको दोश्रो हप्तातिर हुने भएको छ।

मिस युनिभर्स विश्वकै प्रतिष्ठित सौन्दर्य प्रतियोगिता हो र नेपालमा २०२० देखि शुरु भएको हो। यो वर्ष मिस युनिभर्स नेपालको आयोजना ग्लोबल ग्लामर भेन्चरले गर्दैछ।

प्रर्तिस्पर्धीहरूलाई प्रशिक्षण प्रदान गर्न अन्तर्राष्ट्रिय इमेज कन्सल्टेन्ट एवं पेजेण्ट कोच एलेक्जेन्डर गोन्जालेज लगायत अनुभवी व्यक्तिहरु नेपाल आउने कार्यक्रम रहेको छ।

पछिल्ला दुई वर्षहरूमा जस्तै मिस युनिभर्स नेपाल २०२४ मा पनि उचाइ र तौलको मापदण्ड हुने छैन

समलैङ्गिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि आवेदन खुला राखिएको छ। 

असार १२, २०८१ बिहीबार ०८:५२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।