विश्वकपको सेमिफाइनलमा अफगानिस्तान ५६ रनमा अलआउट

विश्वकपको सेमिफाइनलमा अफगानिस्तान ५६ रनमा अलआउट

काठमाडौं : आईसीसी टी२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तान ५६ रनमा अलआउट भएको छ। यो अहिलेसम्मको विश्वकपमा बनेको सेमिफाइनलमा बनेको सबैभन्दा कम स्कोर हो।

ट्रिनिडाडको ब्रायन लारा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तान ११.५ ओभरमा अलआउट भएर ५६ रन मात्र बनाएको हो।

उसका लागि अजमुल्लाह ओमरजाइले १० रन बनाउँदा १३ रन अतिरिक्त पाएको थियो। अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

पावर प्लेमै पाँच विकेट गएपछि अफगानिस्तानको टोली खेलमा फर्किन सकेन।

दक्षिण अफ्रिाकाका लागि तरबैज साम्सी र मार्को जनसेनले तीन-तीन विकेट लिँदा कागिसो रबाडा र एनरिच नोर्ट्जेले समान दुई-दुई विकेट लिए।

अफगानिस्तान पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो भने दक्षिण अफ्रिका जारी विश्वकपमा अपराजित छ।

असार १२, २०८१ बिहीबार ०७:३१:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।