कोपा अमेरिकामा इक्यूडरले जमाइकालाई हरायो

कोपा अमेरिकामा इक्यूडरले जमाइकालाई हरायो

काठमाडौं : कोपा अमेरिकाको समूह बी अन्तर्गतको खेलमा इक्यूडरले जमाइकालाई पराजित गरेको छ।

बिहीबार विहान भएको खेलमा इक्यूडरले जमाइकालाई ३-१ गोल अन्तरले पराजित गरेको हो। इक्यूडरले जमाइकाका कासी पाल्मेरले खेलको १३औं मिनेटमा गरेको उपहार गोलले अग्रता बनाएको थियो।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीमा केन्ड्री पेजले गोल गर्दै इक्यूडरको अग्रता दोब्बर बनाए। पहिलो हाफ २-० को स्थितिमा पुगेर सकियो।

बाँकी दुई गोल दोस्रो हाफमा भएको हो। खेलको ५४औं मिनेटमा जमाइकाका मिचेल एन्टोनियोले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याए।

तर, दोस्रो हाफको इन्जुरी समयमा एलन मिन्डाले गोल गर्दै खेललाई ३–१ को अवस्थामा पुर्याएर तीन अंक पक्का गरे।

असार १२, २०८१ बिहीबार ०७:२३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।