'घन्टी सुक्दै गयो, ओली-प्रचण्डसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा २०८४ पहिल्यै बालेनसँग मिल्नु ठिक'

'घन्टी सुक्दै गयो, ओली-प्रचण्डसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा २०८४ पहिल्यै बालेनसँग मिल्नु ठिक'

काठमाडौं : गएको उपनिर्वाचनपछि समीक्षा यात्रामा देश-दौडाहा गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा.मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाबारे एक प्रतिवेदन तयार पारेका छन्।

उनले तयार गरेको प्रतिवेदनमा रास्वपाको जनमत निकै खस्किएको विश्लेषण गरिएको छ। यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने उनको प्रतिवेदनमा उल्लेख छ। 

महामन्त्री डा. ढकालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको उल्लेख गरेका छन्। 

उनले २०८४ को निर्वाचनभन्दा पहिला नै काठमाडौंका मेयर बालेन, धनगढी उपमहानगरका मेयर गोपी हमालसँग सहकार्यको हात फैलाउनुपर्ने उल्लेख गरेका छन्। उनले धरान उपमहानगरका मेयर हर्क साम्पाङबारे भने बोलेका छैनन्।

'समीक्षा बैठकमा सहभागी अधिकांशको मत पनि बालेनसँगको सहकार्यलाई लिएर थियो। बालेनको टिमसँग हामी नियमित सम्पर्कमा रहे पनि बालेन आफैंको भनाइअनुसार उनी राजनीतिमा छैनन्। र उनी स्थानीय तहका प्रमुख हुन्। उनको विचारमा या गैरराजनीतिक पद हो,' ढकालको प्रतिवेदनमा उल्लेख छ।

महामन्त्री डा. ढकालले पार्टीले निर्णय गरेर जनमत बुझ्नका लागि देश दौडाहामा पठाएपछि ३९ जिल्लाका नेता-कार्यकर्तासँगको समीक्षात्मक अन्तरक्रिया गरेर प्रतिवेदन तयार गरेका हुन्।  

असार ११, २०८१ बुधबार २१:०८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।