एनवाईईएफ काठमाडौंद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

एनवाईईएफ काठमाडौंद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

काठमाडौं : नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको छ। मञ्चको काठमाडौं च्याप्टरले विभिन्न ५ क्षेत्रबाट ५ जना विद्यार्थी उद्यमीलाई सम्मान गरेको हो। 

पूर्व बैंकर अनिल केशरी शाहको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अतिथि वक्ताको रूपमा उद्यमी आभूषण ज्योती कंसाकार र युवा उद्यमी मञ्चका अध्यक्ष साहार जोशीको उपस्थिति रहेको थियो।

शिक्षा क्षेत्रबाट मेरो शिक्षाका तिलक ढकाल, सामाजिक प्रभाव क्षेत्रबाट जोड इनिसियटका सौरभ तिवारी, ईकमर्सबाट महारानीकी दिप्सा खड्का, सूचना प्रविधिबाट डार्क म्याटरका हिमाल तिमिल्सिना, दिगो वातावरण र कृषि क्षेत्रबाट दिगो नेपालकी अञ्जना मल्ल सम्मानित भएका छन्। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सम्वृद्ध नेपाल निर्माणका लागि देशमै रोजगारी सिर्जना गर्न युवाहरू लाग्नुपर्ने बताए। 

त्यस्तै, उद्यमी आभूषण ज्योती कंसाकारले स्टार्टअप कल्चर बारे जानकारी दिँदै स्टार्टअप र इन्नोभेसनमा युवाहरूलाई प्रेरित गर्नुपर्ने बताए।

असार ११, २०८१ बुधबार २०:३५:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।