२४ घण्टामा मात्रै बाढी, पहिरो र चट्याङबाट देशभर १४ जनाको मृत्यु

२४ घण्टामा मात्रै बाढी, पहिरो र चट्याङबाट देशभर १४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा बाढी, पहिरो र चट्याङबाट देशभर १४ जनाको मृत्यु भएको छ। २ जना बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन्।

पछिल्लो २४ घण्टामा पहिरोका घटनाबाट ८ जना, चट्याङ लागेर ५ जना र बाढीमा परी १ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार बाढीका घटनामा परी २ जना बेपत्ता भएका छन्। घाइतेमध्ये ५ जना पहिरो, तीन जना चट्याङ लागेर र एकजना बाढीमा परी भएका छन्।

पहिरोका घटनामा परी ओखलढुंगामा १, लमजुङमा ५ र कास्कीमा २ जनाको मृत्यु भएको छ। लमजुङमा पहिरोले ३ वटा घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने २ जना बालिका बेपत्ता भएका छन्।

त्यस्तै, चट्याङ लागेर झापामा २ जना, रोल्पामा २ जना र सुनसरीमा एकजनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।  

असार ११, २०८१ बुधबार १९:०९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।