लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

लक्ष्मी सनराइज बैंकले गर्यो ललितपुरमा सेवा विस्तार

काठमाडौं : लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। 

काठमाडौं महानगरपालिका वडा नम्बर २२ स्थित न्युरोडमा रहेका २ शाखाहरू मध्ये एउटा शाखा ललितपुर महानगरपालिका वडा नम्बर १४ स्थित नखिपोटको विशाल चोकमा स्थानान्तरण गरिएको छ। 
 
स्थानान्तरण गरिएको साविकको न्युरोड शाखाका ग्राहकहरूले सोही ठाउँमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ। 

स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरूमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ। स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैंकिङ्ग सेवाहरू प्रदान गर्ने बताइएको छ। 

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५४ शाखा, ३१६ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १२८ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन्। 

असार ११, २०८१ बुधबार १८:१७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।