कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनी गर्ने

कांग्रेसले गिरिजाको शताब्दी जन्मजयन्तीमा ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनी गर्ने

काठमाडौं : नेपाली कांग्रेसले दिवंगत नेता तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा ‘क्रान्तिदेखि शान्तिसम्म’ विषयक फोटो प्रदर्शनी गर्ने भएको छ। 

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले शान्ति-प्रक्रियाको महानायक गिरिप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा  यही असार १८ गते फोटो प्रदर्शनी कार्यक्रम आयोजना गर्ने जानकारी दिए। 

उनले भने, ‘नेपाली कांग्रेस केन्द्रीय सूचना सञ्चार तथा प्रचार विभागको आयोजना शान्ति-प्रक्रियाको महानायक गिरिप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा यही असार १८ गते गिरिप्रसाद कोइरालाको जीवनीसँग जोडेर राजनीति र शान्ति प्रक्रियालाई एकैपटक जनताकाबीचमा जानकारी दिन यो फोटो प्रदर्शनी कार्यक्रम गर्दैछौं।’

उनले फोटो प्रदर्शनी कार्यक्रमसँगै जोडेर क्रान्तिदेखि शान्तिसम्म, समुन्नतिको दोस्रो जग, फोटो पत्रकारिता जोखिम र अनुभव लगायतका विषयमा विमर्श कार्यक्रम पनि गर्ने बताए। 

असार ११, २०८१ बुधबार १८:०३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।