छानबिन समितिले माग्यो नौ वटा सहकारीबाट गोर्खा मिडियामा गएको रकमबारेको कागजात

छानबिन समितिले माग्यो नौ वटा सहकारीबाट गोर्खा मिडियामा गएको रकमबारेको कागजात

काठमाडौं : सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा अनुसन्धान गर्न बनेको संसदीय विशेष छानबिन समितिले जितेन्द्रबाबु राई (जीबी) अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्कमा रकम अपचलनका विषयमा छानबिन सुरू गरेको छ। 

बुधबार बसेको संसदीय बिषय छानबिन समितिको बैठकले कार्यादेशमा उल्लेखित अनुसूची २ मा रहेका ९ वटा सहकारीको कागजात मगाउने निर्णय गरेको समितिका संयोजक सूर्य थापाले जानकारी दिए। 

उनले भने, 'विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा गएको प्रवाह भएको रकमको स्थितिसमेत हामीले ६ वटा बुँदासहित नौ वटा सहकारीको कागजात मगाउने निर्णय गरेका छौं। यसअघि गठन भएका सहकारी सम्बन्धी छानबिन समिति भएका समितिहरुलाई गरेको अनुसन्धान प्रतिवेदन, आयोग, समिति र जाँचबुझ आयोग लगायतको प्रतिवेदन हामीले यसअघिका बैठकहरूबाट प्राप्त गर्नेगरी निर्णय गरेका थियौं। ती प्रतिवेदनहरू प्राप्त भएका छन्। समितिका सदस्यहरूले ती प्रतिवेदनहरूको अध्ययन गरिरहनुभएको छ।’ 

समितिले गोरखा मिडियामा रकम अपचलन भएका भनिएका सहकारीहरू आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बच तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सु्रम बच तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरु बच तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत ता ऋण सहकारीसँग कागजात झिकाउने निर्णय गरेको थापाले बताए। 

उनले संसदीय समिति कसैको ढाकछोप र कसैलाई नियोजितरूपमा फसाउन नबनेको भन्दै सबुत, प्रमाण वा बहुमूल्य रिपोर्ट भए उपलब्ध गराउन आह्वान समेत गरेका छन्। 

असार ११, २०८१ बुधबार १७:१५:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।