हरिहर, बमबहादुर चन्दनकुमार, जोगेन्द्र लगायतालाई सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार

हरिहर, बमबहादुर चन्दनकुमार, जोगेन्द्र लगायतालाई सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार

काठमाडौँ : नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कारबाट वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा, लोकगायक बमबहादुर कार्की, शास्त्रीय सङ्गीत साधक चन्दनकुमार श्रेष्ठ, नृत्य निर्देशक जोगेन्द्र के.सी., नाटककार गोपाल देवान र गायिका तारा थापा पुरस्कृत भएका छन्।

बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पुरस्कार हस्तान्तरण गरेका हुन्। शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपाल प्राकृतिक तथा सांस्कृतिक विविधताले समृद्ध मुलुक भएको र पुर्खाहरूले हामीलाई धरोहरकारुपमा छोडी गएका धर्म, दर्शन, कला र संस्कृति नै हाम्रो राष्ट्रिय जीवनका परिचय भएको बताएका थिए।

उनले इतिहासमा गर्व गरेर मात्र नहुने भन्दै इतिहास निर्माण गर्ने काममा पनि प्रयत्नशील हुनुपर्ने बताएका थिए। देशका संस्कृति साधक, साहित्यकार, कलाकारहरूले सधैँ सचेत र संवेदनशील रही सांस्कृतिक उत्थान एवं राष्ट्रिय एकतालाई सबल बनाउने कार्यमा आफूलाई समर्पित गर्दै आएकोमा उनले खुसी ब्यक्त गरेका थिए।

असार ११, २०८१ बुधबार १६:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।