ब्रम्हटोलमा छापा मारेर भारतीय नागरिक पक्राउ, क्रिप्टो कारोबारको आरोप

ब्रम्हटोलमा छापा मारेर भारतीय नागरिक पक्राउ, क्रिप्टो कारोबारको आरोप

काठमाडौँ : ६ करोड बढीको क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा २० लाख नगद सहित भारतीय नागरिक निरञ्जन कुमार पक्राउ परेका छन्। प्रहरीले काठमाडौँको ब्रम्हटोलमा रहेको प्रतीक ईन्टरप्राईजेजमा छापा मारेर उनलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सो इन्टरप्राइजेजमा गैर कानुनी आर्थिक कारोबार भएको सूचनाको आधारमा छापा मार्दा अफिस कोठाबाट २० लाख ४० हजार रुपैंया फेला परेको थियो। उनीसँग सो रकमको स्रोत माग्दा खुलाउन नसकेपछि नगद लिएर थप अनुसन्धान गर्दा भर्चुअल रकम (Crypto Currency) छ करोड २६ लाख कारोबार गरेको खुलेपछि उनलाई पक्राउ गरिएको थियो। 

असार ११, २०८१ बुधबार १६:३५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।