आसन र भाषणमा मात्र रमाउन नसकेको भन्दै रास्वपा प्युठान संयोजकले छाडे पार्टी

आसन र भाषणमा मात्र रमाउन नसकेको भन्दै रास्वपा प्युठान संयोजकले छाडे पार्टी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका प्युठान संयोजक सुमन सुवेदीले पदबाट राजीनामा दिएका छन्।

सुवेदीले सामाजिक सञ्जालमार्फत जिम्मेवारी सम्हालेको छोटो समयमै पदबाट राजीनामा तथा पार्टी परित्यागको घोषणा गरे। 

उनले फरक नेतृत्वशैली र फरक भिजनको प्रचार गर्दै उदाएको रास्वपामा लागेको तर पछिल्लो समय आसन र भाषणमा मात्र आफू रमाउन नसकेको भन्दै जिम्मेवारीमा रहन नसक्ने बताए।

उनले लेखेका छन्, '...अझ सानो मान्छेलाई ठूलो पद झन् बेस्सरी भारी भयो। आसन र भाषणमा मात्रै रमाउन मनले माने।’

उनले आजसम्म जिम्मेवारीमा रहँदा आफूले गुनासो सुन्नेबाहेक केही काम नगरेको भन्दै गुनासो गर्नेहरू थुप्रै भेटिएको तर त्यसको सम्बोधन आफूले गर्न नसकेको बताए। 

'फरक देखिन र बोल्न सिकेर होइन फरक र सकारात्मक कर्मको अभ्यासले देश सिँगार्नु जरुरी छ। सकारात्मक परिवर्तनको पक्षमा निरन्तर लाग्नुहुने सम्पूर्णमा हार्दिक सम्मान र समर्थन,' उनले लेखेका छन्। 

असार ११, २०८१ बुधबार १६:१३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।