पीडितको सहमति सहित ६ सय २० जनाको कैद कट्टा गर्दै गृह, अधिकांश बहुविवाह र सवारी ज्यानका दोषी

पीडितको सहमति सहित ६ सय २० जनाको कैद कट्टा गर्दै गृह, अधिकांश बहुविवाह र सवारी ज्यानका दोषी

काठमाडौँ : गृह मन्त्रालयले ६ सय २० जना कैदीबन्दीको कैद कट्टा गर्ने भएको छ। फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार गृह मन्त्रालयले कैद कट्टा गर्न लागेको हो। कैद कट्टा गर्दा पीडित परिवारको सदस्यको सहमति लिनुपर्ने प्रकृतिको मुद्दामा पीडितको सहमति लिएर कैद कट्टाको तयारी भएको हो।

कारागार व्यवस्था विभागमा अनुसार ५० प्रतिशत कैद भुक्तान गरेका ५ सय ८६ जना, ज्येष्ठ नागरिक ऐन, २०६३ दफा १२ को व्यवस्था बमोजिम कैद भुक्तान गरेका ३ जना र सर्वोच्च अदालतको मुद्दा नं.०७९-WH-१०५५ को मिति २०८०।०१।०८ मा भएको (वारदात हुँदाको तत्काल प्रचलित कानुन आकर्षित हुने) फैसला समेतका आधारमा मिति २०७५।५।०१ गते भन्दा अगाडी वारदात भई ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना गरेर ६ सय २० जना कैदीबन्दीको कैद कट्टा गर्न लागेको हो।

कैद कट्टाका लागि कारागार व्यवस्था विभागले सात दिने सूचना निकालेर कैदीबन्दीको कैद कट्टा सिफारिस गर्ने सम्बन्धमा कुनै उजुरी तथा गुनासो मागेको छ।

विभागले सार्वजनिक गरेको सूचिमा अधिकांश बहुविवाह, सवारी ज्यान, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, अवैध हातहतियार, वन्यजन्तु सम्बन्धी कसुर र किर्ते लगायतका अभियोग प्रमाणित भएर कारागारमा रहेकाहरू छन्। सूची यहाँ क्लिक गरेर हेर्न सकिन्छ।

असार ११, २०८१ बुधबार १६:००:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।