प्रिमियम इलेक्ट्रिक एसयूभीएल ईभी ०१ नेपाल भित्रिँदै, रेन्ज पाँच सय किमी बढी

प्रिमियम इलेक्ट्रिक एसयूभीएल ईभी ०१ नेपाल भित्रिँदै, रेन्ज पाँच सय किमी बढी

काठमाडौँ : विश्वको प्रतिष्ठित डिजाइन हाउस शंघाई लन्च ऑटोमोटिवको पहिलो प्रिमियम एसयूभीएल ईभी ०१ को आधिकारिक बिक्रेतामा वेबोर ग्रुप अन्तर्गतको नेक्सन वेंचर्स प्राली नियुक्त भएको छ।

नेपाली अटोमोबाइल उद्योगमा प्रतिष्ठित वेबर ग्रुपले नेक्सन भेन्चर्स शंघाईको आधिकारिक वितरक बनेको घोषणा गरेको हो। शंघाई लन्च ऑटोमोटिवले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रूपमा तयार पारेको प्रिमियम एसयूभीएल इभी ०१ नेपालमा ल्याउने भएको छ।

विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्दै वेबर ग्रुपले नेपाली बजारमा एलईभी०१ को सुरुवात गर्न लागेको हो। यसले वातावरणमैत्री ड्राइभिङ अनुभव र नेपाली अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार बिक्रीपछिको सेवा र प्राविधिक सहयोग पनि उपलब्ध गराउनेछ।​

​प्योर ईवी प्लेटफार्ममा निर्मित प्रिमियम इलेक्ट्रिक एसयूभीएल इभी -०१ को लम्बाई ४६४० एमएम, चौडाइ १८७० एमएम, उचाइ १६५५ एमएम रहेको छ। यसको ह्वीलबेस २७६० एमएम छ। १९ इन्चको ह्वील रहेको एल इभी -०१ को ग्राउन्ड क्लियरेन्स १९० एमएम छ।

यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ। यसले ५००+ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। डिसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले बताएको छ।

असार ११, २०८१ बुधबार १३:०३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।