ओम बिरला भारतको लोकसभाको सभामुख निर्वाचित

ओम बिरला भारतको लोकसभाको सभामुख निर्वाचित

एजेन्सी : ओम बिरला भारतको लोकसभाको सभामुख पदमा निर्वाचित भएका छन्। ओम बिरला लगातार दोस्रो पटक लोकसभाको सभामुख बनेका हुन्।

बिरला राजस्थानको कोटाबाट लोकसभा सांसद हुन्। ओम बिरला भ्वाइस भोटले विजयी भएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले उनको नाम प्रस्ताव गरेपछि अमित शाह, नितिन गडकरी, राजनाथ सिंहले समर्थन गरेका थिए। एनडीएका गुटका नेताहरूले पनि यो प्रस्तावलाई समर्थन गरेका छन्।

तनिजा आएसँगै प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहुल गान्धीले बिरलालाई बधाई दिएका छन्।

ओम बिरलाभन्दा अगाडि बलराम जाखडले दुई कार्यकाल सभामुख पदमा रहेका थिए।

असार ११, २०८१ बुधबार १२:०७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।