कर बढाएको विरोध गर्दै केन्यामा भएको प्रदर्शनमा पाँच जनाको मृत्यु, संसद् भवनमा आगजनी

कर बढाएको विरोध गर्दै केन्यामा भएको प्रदर्शनमा पाँच जनाको मृत्यु, संसद् भवनमा आगजनी

एजेन्सी : कर बढाइएको विरोधमा केन्यामा भएको हिंसात्मक प्रदर्शनमा पाँच जनाको मृत्यु भएको छ।

राजधानी नैरोबीमा प्रदर्शनकारीको एक समूहले प्रहरी सुरक्षा घेरा तोडेर संसदमा प्रवेश गरेपछि संसद भवनको एक भामा आगजानी समेत गरेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

केन्या सरकारले भर्खरै संसदमा पेश गरेको नयाँ वित्त विधेयक धेरै करहरू बढाएपछि त्यहाँका जनता सडकमा उत्रिएका हुन्। उनीहरूले कर वृद्धिको विरोध गरेका छन्।

केन्याका राष्ट्रपति विलियम रुटोले गत मंगलबार एक सम्बोधनमा देशको सुरक्षा र स्थिरतालाई खतरामा पार्नेहरूलाई कारबाही गर्न सबै उपाय अपनाउने चेतावनी दिएका थिए।

केन्यामा भएको प्रदर्शनलाई नियन्त्रण गर्न सेना समेत परिचालन गरिएको छ।

नयाँ वित्त विधेयकलाई लिएर केही दिनदेखि भइरहेको विरोध प्रदर्शन भइरहेकै थियो। तर, मंगलबार मंगलबार संसदमा विधेयक पारित भएपछि आन्दोलनले हिंसात्मक रुप लिएको हो।

प्रहरीले धेरै राउण्ड गोली चलाउँदा कम्तीमा पाँच जनाको मृत्यु भएको केन्या मेडिकल एसोसिएसनले पुष्टि गरेको छ।

रबरको गोली र अश्रु ग्यासको शेल पनि प्रयोगबाट सयौं मानिस घाइते भएका छन् भने बीबीसी संवाददाताहरूले सडकमा धेरै शवहरू देखेको उल्लेख गरेका छन्।

२४ वर्षीय डेरिक मवाथुले बीबीसीसँग भने, ‘हामी केही बुझिरहेका छैनौँ। ब्रेडमा कसरी १६ प्रतिशत कर लगाउन थोपर्न सक्छन्? सेनेटरी प्याडमा कसरी कर लगाउन सक्छन्?’

असार ११, २०८१ बुधबार १०:३८:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।