जलमग्न बुटवल ‍(तस्बिरहरू)

जलमग्न बुटवल ‍(तस्बिरहरू)

बुटवल : बुधबार बिहानदेखि परेको मुसलधारे वर्षाका कारण बुटवल जलमग्न भएको छ।

वर्षाले बुटवलको मुख्य बजार क्षेत्र मिलनचोक कालिकानगर, राजमार्ग चौराहा पूर्ण रूपमा जलमग्न भएको हो। पानी बग्ने सहज निकास नहुँदा सडक डुबेको हो।

गत वैशाखमा पनि एकै दिनको बाढी बुटलका व्यापारिक मार्गमा पसलमा बाढी पसेर करोडौंको क्षति गरेको थियो।

पाल्पाका विभिन्न ठाउँमा पनि ठूलो पानी परेको कारण तिनाउ नदीमा बाढी आउने जोखिम भएको भन्दै प्रहरीले सर्तकता अपनाउन आग्रह गरेको छ।

भैरहवा, लुम्बिनी, कपिलवस्तुको तौलिहवा क्षेत्रमा पनि ठूलो पानी परेको छ।

v

असार ११, २०८१ बुधबार ०९:२८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।